Friday, December 15, 2017

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

सल्लेरी, सोलुखुम्बु।  सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडाँैले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा ८९९ जना नागरिकले स्वास्थ्य बीमा गराई निर्धारित सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिनसक्ने भएका हुन् ।

जिल्ला अस्पताल फाप्लु, प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र सल्यान, ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा, जिरी अस्पताल दोलखासँग सम्झौता गरिएको हुँदा पायक पर्ने स्वास्थ्य संस्थामा गएर निर्धारित स्वास्थ्य सेवा लिनसक्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकू काठमाडाँैले जनाएको छ ।

जिल्लाको सम्पूर्ण वडामा एकजना दर्ता स्वयंसेवक नियुक्त गरी काम भइरहेको छ । प्रति वडा एकजना दर्ता स्वयंसेवक नियुक्त गर्ने प्रावधान भए पनि पहिलोचरणमा खुम्बुपासाङ ल्हामु गाउँपालिकासहित दर्ता स्वयंसवेक छनोट नभएको क्षेत्रका लागि १४ जना स्वयंसेवक छनोट गरिसकिएको दर्ता अधिकारी बस्नेतले जानकारी दिनुभयो । चाँडै तालीम सञ्चालन गरी उक्त क्षेत्रमा पनि दर्ता प्रक्रिया सञ्चालन हुने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts