Wednesday, December 13, 2017

सुनसरी ३ (ख) मा काँग्रेसका चौधरी विजयी

इनरुवा । सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ ।

आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।

चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts