Saturday, December 16, 2017

उनन्चास हजार ६५२ मतको अन्तरले एमाले अगाडि

काठमाडौँ । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७० हजार ४८६ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ४६१ मत प्राप्त गर्न सफल भएको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ । दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम भने केही दिनअघि नै सार्वजनिक भइसकेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts