बनेपा। काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) बाट वाम गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ ।
उहाँले लोकतान्त्रिक गठवन्धनका चन्द्रबहादुर तामाङ (सिवी लामा) लाई सात हजार २५१ मतान्तरले पराजित गर्नुभएको हो । ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हँुदा तामाङले १७ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।
वाम अग्रता
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठवन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगाबहादुर दोङले ३४ हजार ६०७ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका तीर्थ लामाले ३३ हजार ३० मतले पछ्याइरहनुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ को (ख) मा वाम गठवन्धनबाट नेकपा (एमाले) का चन्द्र लामाले १८ हजार ४३१ मत ल्याएर अघि हुनुहुन्छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काग्रेसका गणेश लामाले १६ हजार ४२१ मतले पछ्याइरहनुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठवन्धनबाट नेकपा (एमाले) का गोकुल बाँस्कोटाले ३८ हजार ८२८ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका मधुप्रसाद आचार्यले २३ हजार ५९५ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा वाम गठवन्धनबाट नेकपा (एमाले) का लक्ष्मण लम्सालले १७ हजार ७२७ मत प्राप्त गरी अगाडि हुनुहुन्छ भने लोकतान्त्रिक गठवन्धनका नेपाली काँग्रेसका सुन्दरमणि आचार्यले ११ हजार ७०७ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ को (ख) मा वाम गठवन्धनबाट नेकपा (एमाले) का बसुन्धरा हुमागाँईले १६ हजार २४९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काग्रेसका कञ्चनचन्द्र वादेले ११ हजार ६९५ मत प्राप्त गर्नुभएको छ ।
कपिलवस्तु –१ मा माओवादी केन्द्रका खनाल विजयी
कपिलवस्तु ।कपिलवस्तु जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल २९ हजार ७९९ मत ल्याई निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ प्राप्त गर्नुभयो ।
क्षेत्र नं २ मा वाम गठबन्धनबाट सूर्य चुनाव चिह्न लिई उम्मेदवार बनेका बृजेशकुमार गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत प्राप्त गर्नुभयो ।
क्षेत्र नं ३ मा काँग्रेसका अभिषेकप्रताप साहले १९ हजार ८६६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्ताले १५ हजार ८०३ प्राप्त गर्नुभयो ।
तीनवटै क्षेत्रबाट विजयी उम्मेदवारले.संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो कार्यकालभर आफ्नो क्षेत्र र समग्र जिल्लाको विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।
यसैगरी, प्रदेशसभाअन्तर्गत क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का विष्णु पन्थी र (ख) मा संघीय समाजवादी फोरम नेपालका सहसराम यादव विजयी हुनुभएको छ ।
क्षेत्र नं २ को प्रदेश (क) मा वाम गठबन्धनबाट सूर्य चिह्न लिएका दीर्घनारायण पाण्डेय र (ख) मा धरमबहादुर लाल श्रीवास्तव विजयी हुनुभएको छ ।
क्षेत्र नं ३ को प्रदेश (क) मा वाम गठबन्धनबाट अर्जुन केसी र (ख) मा वीरेन्द्रकुमार कनौडिया विजयी बन्नुभएको छ ।
बारा–१ को प्रदेश (क) मा एमालेका चौधरी विजयी
कलैया ।बारा क्षेत्र नं १ को प्रदेश क्षेत्र नं (क) मा नेकपा (एमाले) का त्रिलोकीप्रसाद चौधरी १८ हजार ४४५ मत प्राप्त गरी विजयी हुुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमासिद्धि लामाले १६ हजार ४८२ मत प्राप्त गर्नुभयो । रासस
No comments:
Post a Comment