Friday, December 15, 2017

सिद्धबराह माविमा चमेना गृह निर्माण शुरु

पोखरा। पोखरा लेखनाथ महानगरपालिका—२३ माझथुमस्थित सिद्धबराह माविको हातामा रु २० लाखको लागतमा चमेना गृह भवन निर्माण कार्य शुरु गरिएको छ ।

सो विद्यालयमा अध्ययन गरेर रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका विद्यार्थीको संगठन भूतपूर्व विद्यार्थी मञ्चको सक्रियतामा निर्माण गरिने सो तीनकोठे पक्की भवनमा भोजन कक्ष, भान्छा र भण्डार कक्ष रहेका छन् ।

विद्यालयको हातामा चमेना गृह नहुँदा आवासीय र दिवा सेवामा अध्ययनरत विद्यार्थी बाहिर खाजा खानेक्रममा विभिन्न कुलतमा लाग्ने सम्भावना बढ्ने र पठनपाठनमा समेत ध्यान नदिने देखिएका कारण चमेना गृह निर्माण गर्न लागिएको आर्थिक संकलन समितिका संयोजक चिन्तामणि पराजुलीले जानकारी दिनुभयो ।

भवन निर्माण सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरिने बताउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म स्वदेशका साथै जापान, अमेरिका, कतार, मलेसियालगायतका विभिन्न मुलुकमा रहेका पूर्व विद्यार्थीबाट रु आठ लाख संकलन भइसकेको छ ।”

पाँचसय विद्यार्थी संख्या रहेको सो विद्यालयमा हाल कक्षा १० का ७० जना आवासीयरुपमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भण्डारीले बताउनुभयो । विद्यालयको दुईतले २५ कोठे सुविधा सम्पन्न पक्की भवन रहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts