Wednesday, October 28, 2015

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि प्रयत्नशील रहन्छु : नवनिर्वाचित राष्ट्रपति

काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरबाट निस्कने क्रममा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेेमा जोड दिनुभयो ।

भण्डारीले भन्नुभयो, “मुलुकको हित नै मेरो सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।”

उहाँले नयाँ लोकतान्त्रिक संविधान लागू भएपछिको राष्ट्रपतिको निर्वाचनमा आफूलाई विजयी गराएकामा सबै दल, सांसद र जनतालाई धन्यवाद पनि दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts