Wednesday, October 28, 2015

नवनर्विाचित राष्ट्रपतिलाई राष्ट्रपति डा यादवको बधाई

काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति डा रामवरण यादवले बधाई दिनुभएको छ ।

व्यवस्थापिका–संसद्बाट निर्वाचित भएको घोषणालगत्तै राष्ट्रपतिले टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाई दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts