काठमाडौँ, १२ कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले समयानुसार प्रहरी सेवामा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणका क्रममा गृहमन्त्रीले बदलिँदो परिस्थितिमा राष्ट्रिय आवश्यकता पूरा गर्न सक्ने प्रहरी सङ्गठन निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभयो ।
गृहसचिव सूर्यप्रसाद सिलवालले अपराधको बदलिँदोे प्रवृत्ति र तरिकालाई हेरी प्रहरी सङ्गठनलाई प्रविधिमैत्री र दक्षता अभिवृद्धि गराउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आन्तरिक सुरक्षाको विश्लेषण गरी राष्ट्रिय सुरक्षा नीतिनिर्माण गर्नुपर्ने बताउँदै प्रहरी सङ्गठनलाई अझै बढी व्यावसायिक, सुदृढ र बाह्य हस्तक्षेप न्यूनीकरण गर्नेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment