Thursday, October 29, 2015

बलात्कारको अभियोगमा कारागार

भक्तपुर, १२ कात्तिक । जिल्ला अदालत भक्तपुरले मध्यपुरथिमि नगरपालिका–१५ गठ्ठाघरमा १३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको भनिएका सत्यनारायण रामलाई आज पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गर्ने आदेश दिएको छ ।

गत असोज १० गते सर्लाही खोरिया–८ घर भएका ३३ वर्षीय सत्यनारायण र सञ्जय रामलाई सामूहिक बलात्कार गरेको अभियोग लगाइएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

जुत्ता मर्मत गर्ने दुवै जनाले तरकारी किन्न गएकी किशोरीलाई रु २०० दिने प्रलोभन दिएर बलात्कार गरेको उजुरी किशोरीकी आमाले प्रहरीलाई गर्नुभएको थियो । रासस
––––––श्याम

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts