काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको निवास मध्यबानेश्वरमा बधाई तथा शुभकामना दिनेको निकै घुइँचो लागेको छ ।
संविधानसभा भवनबाट निर्वाचित भएलगत्तै सभा भवन बाहिरदेखि बधाई तथा शुभकामना दिनेको लहर निजी निवाससम्मै थियो ।
उहाँको निवासमा पूर्वमन्त्री, सभासद्, पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, वकिल, पत्रकार एवम् स्थानीय बासिन्दाको शुभकामना दिने घुइँचो थियो ।
शुभकामना दिनेको घुइँचोले सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न निक्कै हम्मे परेको थियो ।
कामनपा–१० स्थित निजी निवासमा बस्दै आउनुभएकी राष्ट्रपति भण्डारीले भोलि बिहीबार शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएसँगै कार्यभार सम्हाल्नुहुनेछ । रासस
No comments:
Post a Comment