Thursday, October 29, 2015

बन्द खुलाउन सरकारलाई आग्रह

सप्तरी, १२ कात्तिक । विगत ७६ दिनदेखि जारी बन्दका कारण सप्तरीका व्यापारी धरासायी बन्दै गएका छन् ।

व्यवसायीले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गरी परिस्थिति सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । लगातारको बन्दले व्यवसायीलाई पसलको भाडादेखि बैंकबाट लिएको ऋणको ब्याज र सो ब्याजको जरिवाना तथा कर बुझाउनसमेत समस्या भइरहेको उनीहरुले गुनासो गरेका छन् ।

आन्दोलनकारीको माग सम्बोधन गरी ठप्प रहेको व्यापार व्यवसाय सुचारु गराउन सप्तरी उद्योग वाणिज्य सङ्घले समेत सरकार र आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । बन्दका कारण राजविराजका सबै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थासमेत ठप्प छन् । दैनिक ज्यालादारी मजदूरी र जिविकोपार्जन गर्ने मजदुर तथा कर्मचारीलाई समस्या भएको छ ।

मधेसी मोर्चाको नेतृत्वमा थालिएको आन्दोलनका कारण तराईका जिल्लामा उद्योग, कलकारखाना, शिक्षण संस्था ठप्प छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts