Thursday, October 29, 2015

हात गुमाएका राईलार्ई आर्थिक सहयोग

भोजपुर, १२ कात्तिक । वैदेशिक रोजगारीको क्रममा मलेसियामा दाहिने हात गुमाएका भोजपुर बैकुण्ठे–५ छापगाउँका देवान राईलाई ‘मेरो प्यारो भोजपुर’ फेसबुक गु्रपले आर्थिक सहयोग प्रदान गरेको छ ।

गत चैत १६ गते कम्पनीमा काम गर्दागर्दै मेसिनले दाहिने हात काटिएका राईलाई सो अभियानमार्फत रु एक लाख ७२ हजार ६३९ रकम सङ्कलन गरी बुधवार भोजपुरमा हस्तान्तरण गरिएको हो । सो रकम भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले पीडित राईलाई हस्तान्तरण गर्नुभयो ।

वैदेशिक रोजगारमा रहेका भोजपुरका युवा ‘मेरो प्यारो भोजपुर’ नामको फेसबुक ग्रुपमार्फत विभिन्न सामाजिक सेवामा समेत सक्रिय छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts