Wednesday, October 28, 2015

राष्ट्रपतिलाई चीनको बधाई

ठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट बधाई दिइएको छ ।

चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई भण्डारीको निवास बानेश्वर हाइट पुगी बधाई दिनुभएको हो ।

भण्डारीका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत चुन्ताईले उहाँको कार्यकाल सफलताको बधाई दिनुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts