Friday, October 30, 2015

जिप दुर्घटना एकको मृत्यु

हेटाँैडा, १३ कात्तिक । चितवनको नारायणगढबाट चितवनतर्फ जाँदै गरेको अनटेस्ट लेखेको जिपलाई ना.३ ख ९४१९ नंको ट्रकले आज बिहान ३ः३० बजे हेटाँैडा नारायणगढखण्डको ज्यामिरेमा ठक्कर दिँदा सो जिपमा सवार एक व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ ।

उनको शव हेटौँडा अस्पतालमा ल्याइएको भए पनि अहिलेसम्म नाम सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही ट्रकको ठक्करबाट जिपका अर्का यात्रु गम्भीर घाइते भई उपचारका लागि चितवन शिक्षण अस्पताल भरतपुर पठाइएको छ । निजको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सो ठक्कर दिने ट्रक र सोही ट्रकका चालक सर्लाही जिल्ला लालबन्दी गाविस–५ बस्ने ३४ वर्षीय राम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts