Thursday, October 29, 2015

चट्याङ लाग्दा चार बेहोस

कञ्चनपुर, १२ कात्तिक । बेदकोट नगरपालिका– १२ का राना दैजीका एकै घरका चार जना आज चट्याङ लाग्दा बेहोस भएका छन् ।

बेहोस हुनेमा ७० वर्षीया फकिरा राना, १७ वर्षीया निरु राना, १४ वर्षीय विपरीत राना र १२ वर्षीय मनोरथ राना रहेका छन् । बेहोसमध्ये फकिराको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो ।

बेहोस सबै जनाको महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा उपचार भइरहेको छ । घाइतेको उपचारका लागि स्थानीय बासिन्दाले प्रहरीको सहयोगमा अस्पतालमा पु¥याएका थिए । उपचारपछि तीन जना होसमा फर्किएको र फकिरा हालसम्म बेहोस अवस्थामै रहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts