Wednesday, October 28, 2015

भिनाजु हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

इलाम, ११ कात्तिक । भिनाजुको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका इलाम महमाई–७ का सम्बाहाम्फे कान्छा भनिने धनसिंह लिम्बूलाई जिल्ला अदालत इलामले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दहालको इजलासले लिम्बूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३ (१) अनुसार कसुर ठहर गर्दै उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो ।

धनसिंहले गत असार १२ गते दिदी भिनाजुबीचको झगडा छुट्याउने क्रममा भिनाजु सोमबहादुरमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट सोमबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । भिनाजुको मृत्युपछि दिदी अमृताले भाइ धनसिंहविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts