विर्तामोड, ११ कात्तिक । झापाको बुधबारे–१ मा नहरमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ६२ वर्षीय धनबहादुर लिङ्देन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मङ्गलबारदेखि हराएका लिङ्देनलाई आज स्थानीय हडिया नहरमा मृत अवस्थामा फेला पारिएको हो । रासस
No comments:
Post a Comment