Friday, October 30, 2015

इन्धन आपूर्ति सहज नहुँदा पनि फोहोर व्यवस्थापन

काठमाडौँ, १३ कात्तिक । काठमाडाँै महागरपालिकाले सहज रुपमा इन्धन आपूर्ति नहुँदा पनि फोहोरमैलाको व्यवस्थापन गरिरहेको जनाएको छ ।

महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवर हरेक वर्ष चाडवाडको समयमा फोहोर व्यवस्थापन गर्न केही कठिन हुने गरेको भए पनि यस वर्ष इन्धनको आपूर्तिमा सहजता नहुँदा पनि समस्याको बाबजुत पनि सरकारले इन्धनको व्यवस्था गरेकोले फोहोर व्यवस्थापन गर्न सहज भएको हो ।

उहाँ भन्नुहुन्छ, “भारतले गरेको अघोषित नाकाबन्दीको कारण इन्धनको अभाव हुँदा झन् कठिन होला भन्ने सोचेका थियौँ, तर अहिलेसम्म फोहोरको व्यवस्थापन भइरहेको छ ।”

फोहोर बोक्ने गाडीलाई सरकारले अहिलेसम्म सहज रुपमा इन्धन उपलब्ध गराएकाले फोहरमैलाको व्यवस्थापन गर्न सहज भएको हो । अन्य समयमा दैनिक ३५० मेट्रिक टन व्यवस्थापन गर्दै आएको महानगरपालिकाले अहिले चाडपर्वको समय भएकाले दैनिक करिब चार सय मेट्रिक टन फोहोरको व्यवस्थापन गरिरहेको छ ।

अन्य समयमा महानगरपालिकाले फोहोर व्यस्थापनका लागि दैनिक ७० वटा गाडी सञ्चालन गरेको भए पनि इन्धन अभावको कारण अहिले दैनिक ४० वटा गाडी मात्र सञ्चालनमा रहेको बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts