ललितपुर, १३ कात्तिक । लगातारको तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण इन्धन सहज हुन नसक्दा यहाँका दुग्ध व्यवसायी मारमा परेका छन् ।
आवश्यक मात्रामा उत्पादन भइरहँदा पनि इन्धन अभावले दूध ढुवानी हुन नसक्दा यस्तो समस्या आएको व्यवसायीको गुनासो रहेको छ । जिल्लाभरि दैनिक रुपमा आवश्यक पर्ने दूध उत्पादन भएर पनि बढी भएको उपत्यका र त्यसबाहिर समेत बिक्री गर्दै आएकोमा त्यसबाट बञ्चित हुनुपरेको ललितपुर दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रामप्रसाद आचार्यले बताउनुभयो ।
दूध ढुवानी गर्ने सवारी साधनलाई आवश्यक मात्रामा इन्धन पाउन नसक्दा उत्पादित दूध समयमै आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो । करिब पाँच हजार ५०० दुग्ध कृषक यसको मारमा परेका छन् ।
दैनिक २२ हजार लिटर दूध खपत हुँदै आएकोमा हाल १२ हजार लिटर दूध मात्र खपत भइरहेको छ । इन्धनकै कारण कृषकबाट उत्पादित दूध एक÷एक दिनको अन्तरमा ढुवानी गरिरहेको बताइएको छ ।
यहाँ सञ्चालित करिब पचास वटाको सङ्ख्यामा रहेका साना दूध डेरी ग्यासको अभावले बन्द हुने स्थिति रहेको जनाइएको छ । रासस
No comments:
Post a Comment