काठमाडौँ, ११ कात्तिक । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीले सबैलाई साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएपछि व्यवस्थापिका–संसद्बाट बाहिरिने क्रममा सभापति कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पार्टीले प्रजातान्त्रिक प्रक्रियाअनुसार राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
सभापति कोइरालाले राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई बधाई तथा शुभकामना पनि दिनुभयो । रासस
No comments:
Post a Comment