Wednesday, October 28, 2015

नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण बिहीबार

काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आफ्नो पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ ।

दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुहुनेछ ।

राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts