विराटनगर, ११ कात्तिक । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो विराटनगरमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
विराटनगर–१८ स्थित राईसमिल चोकमा र विराटनगर–२२ स्थित बुधनगर जाने मार्गमा मोटरसाइकल जलाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरीको दुहवी–५ बस्ने कलाम मियाँको को१२प २८८१ नम्बरको मोटरसाइकल राइस मिलचोकमा जलाइएको हो । मोटरसाइकलको अधिकांश भाग जलेर नष्ट भएको छ ।
यस सम्बन्धमा पीडित मियाँले तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएको र तिनीहरुले पेट्रोल छर्केर आगो लगाइ फरार भएको बताए ।
यसैगरी विराटनगर–२२ मा बन्दकर्ताले मोटरसाइकलमा आगजनी गर्दा सो मोटरसाइकल पूर्णरुपले जलेर नष्ट भएका कारण गाडी नम्बर अहिले थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment