Friday, October 30, 2015

दोदा नदीमा १६५ मिटर लामो जैविक तटबन्ध निर्माण

कञ्चनपुर, १३ कात्तिक । कञ्चनपुरको देखतभुली गाविसअन्तर्गत पर्ने तिलकीमा १६५ मिटर लामो जैविक तटबन्ध निर्माणको कार्य पूरा भएको छ ।

रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाअन्तर्गत इटहा सामुदायिक विपद् व्यवस्थापन समितिले दोदा नदीमा जैविक तटबन्ध निर्माण गरेको हो ।

जैविक तटबन्धका लागि रु दुई लाख ९८ हजार ७५७ रुपैयाँ खर्च भएको समितिका सचिव मङ्गलप्रसाद चौधरीले बताउनुभयो । तटबन्ध निर्माणका लागि समुदायले रु एक लाख दुई हजार ८०० बराबरको श्रमदान गरेका छन् । बाँसको प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माण भएपछि दोदा नदीको बाढी बाट २०० भन्दा बढी परिवार सुरक्षित हुने भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts