Friday, October 30, 2015

सवारी दुर्घटनामा गुरुङको मृत्यु

कास्की, १३ कात्तिक । पोखरामा बिहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१० घर भएका १८ वर्षीय पारस गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडी सवार थिए ।

एकै दिशाबाट आइरहेका कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिनुभयो ।

पोखराको अमरसिंहचोकबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १ च ७७३० नम्बरको कार र ग ८ प १७४५ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो सवा १ बजे पोखराको उत्तमचोकमा ठोक्किएका थिए ।

घटनाको अनुसन्धानका लागि कार चालक पोखरा–१३ का सङ्गम गुरुङ र मोटरसाइकल चालक पोखरा–१० का सक्षम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts