Thursday, October 29, 2015

दुई जनाको मृत्यु

धनगढी, १२ कात्तिक । अत्तरिया नगरपालिका–४ को सडक छेउमा आज अछाम जिल्लाको एक विद्यालयका शिक्षक ४५ वर्षीय देवानन्द जैशी मृत अवस्थामा फेला परेका छन् ।

हातखुट्टा भाँचिएको र छाती पेटमा चोट पुगेको अवस्थामा शिक्षक जैशीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अछाम मुग्रा घर भई मङ्गलसेनस्थित सरस्वती प्राविका शिक्षक जैशी हाल अत्तरिया नगरपालिका–३ मा बस्दै आउनुभएको थियो ।

जैशीको सवारीसाधनको ठक्करबाट मृत्यु भएको आशङ्का गरिएको छ ।

यसअघि आजै जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले शिक्षक जैशीलाई सडक छेउमा बेहोस अवस्थामा फेला पारिएकोमा उपचारका क्रममा उहाँको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जानकारी दिएको थियो ।

यसैगरी पहलमानपुरको सडकखण्डमा आज दोदोधारा गाविस कट्टीपुर गाउँका खड्के बूढाको बसको ठक्करबाट मृत्यु भएको छ ।

ना५ख १८१८ नंको बसको ठक्करबाट साइकल चलाइरहेका बूढालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts