तुलसीपुर (दाङ), ११ कात्तिक । जिल्ला पशु सेवा कार्यालयले दाङमा पशु प्रजनन्का लागि कृत्रिम गर्भाधानलाई व्यापक गराएको छ ।
कार्यालयले कृत्रिम गर्भाधानका लागि सामुदायीक पशु प्रजनन् केन्द्र थपेर व्यापक गराएको हो । कार्यालयले जिल्लामा गत बर्ष सञ्चालन भएका आठ वटा सामूदायीक पशु प्रजनन् केन्द्रलाई यस वर्ष १४ पु¥याएको छ ।
पशु सेवा कार्यालयका सूचना अधिकृत रमेश नेपालीका अनुसार गत बर्षमा जिल्लामा एक हजार गाईभँैसीको कृत्रिम गर्भाधान गरिएकोमा यस बर्षको हालसम्ममा भने दुई÷दुई सय गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको छ ।
यो आर्थिक बर्षको अन्त्य सम्ममा पाँच हजार गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
अहिले जिल्लाका लालमटिया, गढवा, सतवरिया, रिहार, उरहरी, रामपुर, घोराही, लमही, सिसहनिया, फुलबारी, श्रीगाउँलगायतका स्थानमा कार्यालयले पशु प्रजनन् केन्द्र स्थापना गरी स्थानीय गाई तथा भैँसीको कृत्रिम गर्भाधान गरिरहेको छ ।
कार्यालयले बिगत २० वर्ष अघिदेखि जिल्लामा सञ्चालन भएको पशुलाई कृत्रिम गर्भाधान गर्ने पशु प्रजनन् कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन नभएको भन्दै कार्यालयले गएको आर्थिक वर्ष २०६८÷६९ मा नयाँ योजना तथा अवधारणा लिएर सञ्चालन गरेको नेपालीले बताउनुभयो ।
वार्षिकरुपमा जिल्लामा दुधको अभाव बढिरहेकोले त्यसलाई कम गर्न कृतिम गर्भाधानलाई बढाइएको कार्यालयले जनाएको छ । “कृषकको व्यावसायीकता बढाउन यसबाट सहयोग पुग्छ” उहाँले भन्नुभयो ।
कृत्रिम गर्भाधानले उन्नत जातको गाईभँैसीको उत्पादन हुने र दुधको अभाव पनि कम हुने जनाइएको छ । कार्यालयका अनुसार कृषकले निर्धारण गरिएका केन्द्रमा आफँै गाईभँैसी लिएर गर्भाधान गराएमा न्युनतम शुल्क लिई प्रति कृषकलाई रु एक सय बराबरको उन्नत जातको घास दिई प्रोत्साहन गरिन्छ भने गाउँमै पशु चिकित्सकलाई लैजानु प¥यो भने केन्द्रमा गठन भएको सञ्चालन समितिले निर्णयबाट तोकिएको शुल्क तीर्नुपर्ने छ ।
जिल्लामा वार्षिक २५ हजार ६६९ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ । यो उत्पादन ले जिल्लामा यसको मागलाई गर्मी बाहेक अन्य समयमा पूर्ति गर्दै आएको कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment