धुन्चे (रसुवा) ११ कात्तिक । दसँै बिदापछि कार्यालयमा उपस्थित नहुने रसुवाका ८० जना कर्मचारीलाई स्थानीय प्रशासनले कारबाही सुरु गरेको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाका अनुसार कार्यालयमा उपस्थित नहुनेमा १४ कार्यालय प्रमुख र ६६ जना राजपत्रअनङ्कित कर्मचारी रहेका छन् । तिनीहरुलाई विभागीय कारबाहीका लागि स्पष्टीकरण माग्ने कार्य अघि बढाइएको छ ।
उपस्थित नहुने कार्यालय प्रमुखहरुमा जिल्लास्थित निर्वाचन कार्यालय, शिक्षा, स्वास्थ्य, सिँचाइ, वन, महिला तथा बालबालिकालगायत छन् ।
बडादसैँ सकिएको तीन दिनसम्म पनि कार्यालय अनुपस्थित भई जिम्मेवारीमा लापरबाही गरेका कारण निजामती सेवा नियमावलीअनुरुप कारबाही अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment