Friday, October 30, 2015

सर्वोच्च अदालतले राखेप सदस्य–सचिवलाई नहटाउन अन्तरिम आदेश

काठमाडौँ, १३ कात्तिक । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सदस्य–सचिव विष्टलाई हटाउने अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । अख्तियारले गत भदौ २५ गते विष्टलाई सदस्य–सचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो ।

अख्तियारको आदेशविरुद्ध सदस्य–सचिव विष्टले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो । उहाँले राजनीतिक हिसाबले आफूमाथि नचाहिने आरोप लागेको भन्दै त्यस किसिमको कुनै काम नगरेकोले सही निर्णय हुन्छ भन्नेमा आफू ढुक्क रहेको टिप्पणी गर्नुभयो ।

दसैँअगाडि नै रिट दर्ता गरिएको भए पनि दसैँ बिदाका कारण आज मात्रै यस विषयमा सुनुवाइ भएको हो । अदालतमा सदस्यसचिव विष्टको पक्षमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाललगायतले वकालत गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts