Thursday, October 29, 2015

रु पाँच लाख सामाजिक सुरक्षा भत्ता फिर्ता

पाल्पा, १२ कात्तिक । तानसेन नगरपालिकाबाट रु पाँच लाख सामाजिक सुरक्षा भत्ता फिर्ता भएको छ ।

तानसेन नगरपालिकाले कृषि विकास बैंकबाट भत्ता वितरण गर्न थालेपछि बर्सेनि सामाजिक सुरक्षा भत्ता फिर्ता हुने गरेको छ । गत आव २०७१÷०७२ को सामाजिक सुरक्षा भत्तामार्फत तानसेन नगरपालिकाबाट रु पाँच लाख बराबरको सो बजेट फिर्ता हुन पुगेको हो ।

स्थानीय निकायमा केन्द्रबाट पठाएको ३५ दिनभित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्नुपर्ने कानुनी बाध्यताले सो रकम वितरण हुन नसकेको हो । तानसेन नगरपालिकाका शाखा अधिकृत भरत आचार्यका अनुसार बैंकमा पठाएको ३५ दिनभित्र सबै सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बुझ्नुपर्ने कानुनी व्यवस्था रहेको छ, सोही अनुसार कसैले नबुझेर सो रकम फिर्ता हुने व्यवस्था रहेको उहाँले जानकारी गराउनुभयो ।

बसाँइसराइ, समयमा भत्ता लिन नआउने र केहीको मृत्यु हुनुले पनि सामाजिक सुरक्षा भत्ता फिर्ता भएको हुन सक्ने शाखा अधिकृत आचार्यले जानकारी दिनुभयो । सरकारले यस आवदेखि ज्येष्ठ नागरिकका लागि रु एक हजार सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

सामाजिक सुरक्षा भत्ता वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिकाले पाउनेछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts