Thursday, October 29, 2015

नवनिर्वाचित राष्ट्रपतिलाई भारतको बधाई

काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीका तर्फबाट बधाई दिइएको छ ।

भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपरान्ह नयाँबानेश्वरस्थित भण्डारीको निवास पुगी उहाँलाई बधाई दिनुभएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत रायले भारतीय राष्ट्रपतिका तर्फबाट उहाँको कार्यकालको सफलताका लागि बधाई दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts