Friday, October 30, 2015

इन्धन बोकेको ६७ गाडी नेपाल प्रवेश

पथरी (मोरङ), १३ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट इन्धन बोकेका ६७ गाडी आज नेपाल प्रवेश गरेका छन् ।

विराटनगर भन्सार कार्यलयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै आज मध्याह्नसम्ममा डिजेलका ५५, पेट्रोलका आठ र ग्यासका चारवटा गाडी नेपाल प्रवेश गरेका हुन् ।

सूचना अधिकृत ढुङ्गानाले गत बुधबार बेलुका ५३ वटा इन्धनका गाडी भित्रिएको समेत जानकारी दिनुभयो । उहाँले इन्धन आपूिर्त अझै सहज नभएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts