Wednesday, October 28, 2015

ठक्करबाट महिलाको मृत्यु

हेटौँडा, ११ कात्तिक । सिमराबाट पोखरातर्फ आइरहेको ना ५ ख १५२३ नम्बरको यात्रुबाहक बसले हेटौँडास्थित बसपार्कमा आज अपराह्न ठक्कर दिँदा एक पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको भैँसे गाविस–४ निवासी ३४ वर्षीया राममाया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts