Wednesday, October 28, 2015

वरिष्ठ अधिवक्ता शर्माको शोकमा सर्वोच्चमा मुद्दाको सुनुवाइ भएन

काठमाडौँ, ११ कात्तिक । वरिष्ठ अधिवक्ता गणेशराज शर्माको मङ्गलबार निधन भएकाले आज सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ गरिएन ।

सर्वोच्च अदालतमा सुनुवाइका लागि समयमा नै मुद्दाको कजलिस्ट निकालिएको भए पनि सर्वोच्च अदालत बार एसोसिएसनको अनुरोधमा ती मुद्दामध्ये कुनै पनि सुनुवाइ गरिएन ।

सर्वोच्च बारका अध्यक्ष नरहरि आचार्यले मुद्दाको सुनुवाइका लागि कजलिस्ट निकालिएको भए पनि आफूहरुले आज एकदिन वरिष्ठ अधिवक्ता शर्माको सम्मानस्वरुप सबै मुद्दा स्थगित गर्न सर्वोच्च अदालतमा पत्र पठाएको बताउनुभयोे ।

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि भनी आज लगभग १०३ वटा मुद्दा क्रमबद्धरुपमा राखिएका थिए । ती मुद्दा सुनुवाइका लागि विभिन्न चार वटा इजलास तोकिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts