Thursday, October 29, 2015

राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश

काठमाडौँ, १२ कात्तिक । नवनिवाचित राष्ट्रपति विद्यादेवी भण्डारी आज राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सर्नुभएको छ ।

आज पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गर्नुभएको हो । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गर्नुभएको हो ।

उहाँ यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवास बस्दै आउनुभएको थियो । पत्रकारसँग कुरा गर्र्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वाेच्च पदमा पुगेकामा खुसी लागेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts