Sunday, November 1, 2015

सरकार मोर्चासँग लचकताका साथ प्रस्तुत हुने

काठमाडौँ, १५ कात्तिक । उच्चस्तरीय राजनीतिक समितिको आजको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।

नयाँ संविधानमा असन्तुष्ट भई आन्दोलनमा रहेको मोर्चाका माग सम्बोधनका लागि सरकार लचिलो रहेको भनी आजै हुने वार्तामा आश्वस्त पारिने भएको छ ।बैठकपछि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार वार्तामा लचिलो हुने तर राष्ट्रिय हितका प्रश्नमा तलमाथि हुने गरी सर्त मान्न तयार नहुने बताउनुभयो ।

सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेता रहेको सो समितिले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापालाई आवश्यक अख्तियारी दिएको छ । सरकारी वार्ता टोली र मोर्चाको टोलीबीच आज अपराह्न ४ः०० बजे वार्ता हुँदैछ ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलन र वार्तालाई लम्ब्याउँदा जनतामा कष्ट थपिँदै जाने भएकाले वार्तामा अधिकतम लचकताका साथ माग सम्बोधन गर्न सरकार तयार हुने बताउनुभयो । उहाँले मोर्चाले राखेका पक्राउ परेका आन्दोलनकारीलाई मुद्दा फिर्तालगायत पाँचबुँदे सर्त कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समितिका संयोजक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुुवाटारमा समितिको बैठक बसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts