काठमाडौँ, १५ कात्तिक । काठमाडौँ उपत्यकामा देखिएको रगतको चर्को अभावलाई ध्यानमा राखेर आज नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखा र नारायणी नेशनल फाइनान्स लिमिटेडले पाको न्यूरोडमा रक्तदान शिविर सञ्चालन ग¥यो ।
उक्त शिविरमा १९ महिलासहित ६३ जनाले रक्तदान गरेका थिए ।
काठमाडौँ उपत्यकाभित्र प्रतिदिन ४५० देखि ५०० पिन्टसम्म रगतको माग रहेको छ ।
फाइनान्सको २३ औँ वार्षिकोत्सवका अवसर पारेर सञ्चालन गरिएको उक्त शिविरको उद्घाटन समाजसेवी लक्ष्मीदास मानन्धरले गर्नुभएको थियो ।
रेडक्रस गणबहाल उपशाखाका सभापति अमृत नारायण मानन्धरले नियमित रक्तदान गर्ने व्यक्ति वा सङ्घसंस्थालाई पूर्व सूचना दिने र उनीहरुलाई आवागमनलगायतमा सहुलियत प्रदान गरी नटुटाई रक्तदान गर्न लगाउने पहल राष्ट्रिय रक्त सञ्चार केन्द्र भृकुटीमण्डपले गरिदिए रगतको अभाव हुने समस्या धेरै हदसम्म समाधान हुने बताउनुहुन्छ । रासस
No comments:
Post a Comment