Wednesday, November 25, 2015

पत्रकार उपाध्यायलाई महासङ्घको सहयोग

काठमाडौँ, ९ मङ्सिर । वरिष्ठ पत्रकार मणिराज उपाध्यायको उपचारका लागि नेपाल पत्रकार महासङ्घले रु २० हजार सहयोग गरेको छ ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टसहितको टोलीले आज उहाँलाई अस्पतालमा भेटी उपचारका लागि सहयोग प्रदान गरेको हो ।

महासङ्घका पूर्वसभापतिसमेत रहनुभएका उपाध्यायलाई हृदयघात भएको छ र हाल सहिद गङ्गालाल हृदयरोग अस्पतालमा गत शुक्रबारदेखि उपचाररत हुनुहुन्छ ।

नेपाली पत्रकारिताका जीवित इतिहास रहेका ९३ वर्षीय उपाध्यायले कठिन दिनमा नेपाली समाजको परिवर्तनमा व्यावसायिक पत्रकारिताको माध्यमबाट योगदान पु¥याउनुभएको छ ।

‘समाज दैनिक’को पर्यायका रूपमा समेत चिनिनुहुने उहाँले तत्कालीन नेपाल पत्रकार सङ्घमा २०४३ देखि २०४६ सम्म नेतृत्व प्रदान गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts