भोजपुर, १ मङ्सिर । खराब मौसमका कारण निरन्तर तीन दिनदेखि भोजपुर–काठमाडाँै हवाइ उडान अवरुद्ध भएको छ ।
खराब मौसमका कारण तीन दिनमा लगातार पाँच उडान अवरुद्ध भएको नेपाल वायुसेवा निगमका स्टेसन प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।
लगातार उडान अवरुद्ध भएपछि अधिकांश यात्रु मारमा परेका छन् । भोजपुर सदरमुकामबाट टक्सारस्थित विमानस्थल पुग्न पैदल ३० मिनेट लाग्ने गरेको र सो बाटोमा दुई दिनसम्म धाउँदा दुःख पाएको यात्रुहरुले बताएका छन् ।
कार्यालयका अनुसार मौसममा सुधार आए बुधबार भोजपुर –काठमाडौँ र भोजपुर–विराटनगर गरी चार उडान भर्ने कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment