Wednesday, November 18, 2015

दुर्घटनामा चार गम्भीर घाइते

परासी, २ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किवास–५ दाउन्नेमा आज दिउँसो भएको सवारी दुर्घटनमा चारजना गम्भीर घाइते भएका छन् ।
बिग्रिएर रोकी राखेको ना ४ ख ३८७९ नम्बरको बसलाई पछाडिबाट आएको ना ३ ख २८६ नम्बरको ट्रकले ठक्कर दिँदा ट्रकमा सवार नवलपरासीको त्रिवेणी घर भएका ट्रक चालक गान्धिराम थनेत, रामचन्द्र कुमाल, नवलपरासी रामनगरका नारायण महतो गम्भीर घाइते भएका छन र एकजनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घाइतेको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts