Thursday, November 5, 2015

विद्यार्थी राजनीति हुँदै सञ्चार मन्त्रीसम्म

काठमाडौँ, १९ कात्तिक । नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राई २०२७ सालमा भोजपुर जिल्ला थिम्दीङ्खा गाविसमा जन्मनुभएको हो ।
.
विसं २०४० देखि विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राननीतिमा प्रवेश गर्नुभएका राई २०५६ सालमा भोजपुर जिल्ला क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । मन्त्री राई त्यतिबेलाका सांसदमध्ये सबैभन्दा कान्छो सांसद हुनुहुन्थ्यो । विसं २०५० देखि ०५४ सम्म एमाले भोजपुर जिल्ला प्रमुखका रूपमा चार कार्यकाल निर्विरोध निर्वाचित हुनुभएका राईले २०४४ सालदेखि ०४६ सम्म भूमिगत जीवन बिताउनुभएको थियो ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका राई २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभयो । उहाँ अहिले एमाले पोलिटब्युरो सदस्य हुनुहुन्छ । मन्त्री राईले व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिको सभापतिको पदसमेत सम्हाल्दै आउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts