भक्तपुर, १९ कात्तिक । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसको आन्दोलनमा भारतको समर्थन नरहेको जिकिर गर्नुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले मधेस आन्दोलनमा उठाइएका जायज माग सम्बोधन भएमा तराई आन्दोलन रोकिने बताउनुभयो । कर्णले भन्नुभयो– “मधेसको जायज माग पूरा गरे आन्दोलन रोकिन्छ तर सरकारले अटेर ग¥यो, तराईको माग सम्बोधन गर्न काठमाडौँको जनताले साथ दिए आन्दोलन रोकिन्छ ।”
उहाँले मधेसमा आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई १० लाख दिने घोषणा गरे पनि सरकारले अझै नदिएको गुनासो पनि गर्नुभयो । रासस
No comments:
Post a Comment