Saturday, November 21, 2015

मोर्चाले राजधानी र देशका विभिन्न भागमा सभा गर्ने

काठमाडौँ, ५ मङ्सिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानीलगायत देशका विभिन्न स्थानमा सभा र प्रदर्शन गर्ने भएको छ ।

मोर्चा आबद्ध चार पार्टी र अन्य पाँच जनजाति पार्टीको आज बसेको संयुक्त बैठकले मङ्सिर ११ गते सुनसरीको इटहरीबाट सभा तथा प्रदर्शन सुरु गर्दै देशका विभिन्न भागमा सभा गरी मङ्सिर २७ गते काठमाडौँमा प्रदर्शन तथा सभा गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सीमाङ्कनका सम्बन्धमा मधेस र लिम्बूवानबीच देखिएको विवाद आपसी सहमति र सहकार्यमा टुङ्ग्याउने निर्णय गरेको छ ।

मधेस आन्दोलन सय दिन पुगेको सन्दर्भमा मङ्सिर ७ गते विविध कार्यक्रम गरी मनाउने पनि मोर्चाले निर्णय गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts