Thursday, November 12, 2015

देवकोटाजयन्तीमा कविता प्रतियोगिता

त्रिशूली(नुवाकोट), २६ कात्तिक । महाकवि देवकोटा जयन्तीका अवसरमा बट्टारमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।
साहित्य समाज नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा एलिसा पौड्याल पहिलो, दीक्षान्त सिटौला दोस्रो, कोपिला अर्याल तेस्रो हुनाका साथै ईश्वरी भट्ट र मनोहरिसा थापा मगरले सान्त्वना प्राप्त गर्नुभयो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्दंीय सचिव आरएम डङ्गोलले यस्ता प्रतियोगिताबाट जिल्लामा प्रतिभाशाली स्रष्टाको जन्म हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षासेवी शम्भुप्रसाद शर्माले देवकोटाको लेखकीय शैली र पक्षबारे जानकारी दिनुभयो । जिल्लामा साहित्यिक गतिविधि कमै हुने भएकाले स्रष्टाको प्रतिभा तिखार्नका लागि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष बद्रीबृन्द गजुरेलले बताउनुभयो ।
कार्यक्रममा शिवसुन्दर पुडासैनी, पुरु लम्साल, राजकुमार पुत्ला, प्रमिला परी, भगवती खनाल, रामकृष्ण गजुरेल लगायतले आआफ्नो अप्रतियोगिता रचना वाचन गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी र अप्रतियोगी कविले अहिलेको नाकाबन्दीले नेपाली समाजमा पारेको असर, तिहारको रौनकता, समसामयिक राजनितिक अवस्था आदिलाई कवितामा चित्रण गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts