Thursday, November 12, 2015

काँग्रेस र एमालेबीच एकताको खाँचो छ : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ, २६ कातिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली काँग्रेस र नेकपा (एमाले)को गठबन्धन अहिले मुलुकमा आवश्यक रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्र्तक्रियात्मक देउसीभैलोमा उहाँले अहिलेको मुलुकको सङ्कटको सामना गर्न काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउँदै दुई दल नमिले मुलुक दुर्घटनामा फस्ने धारणा राख्नु भयो ।

वरिष्ठ नेता खनालले संघीयतामा नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता आँैल्याउँदै अहिले माग भइरहेको आधारमा प्रदेशको सीमाङ्कन मिलाउन गाह्रो हुने बताउनुभयो ।

उहाँले पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा न्यूनतम कुरा मिल्न सक्ने विचार व्यक्त गर्दै सङ्घीयताको नाममा देशमा रगत बगाउन नहुने उल्लेख गर्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts