इटहरी, २ मङ्सीर । सुनसरीको इटहरीमा आजदेखि पाँचौ राष्ट्रिय पुरुष तथा चौथो राष्ट्रिय महिला बीच भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा नेपाली सेना र शसस्त्र प्रहरीको महिला र पुरुष टिम गरी जम्मा १४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपालका जुनसुकै खेललाई पनि अन्तर्राष्ट्रियस्तरमा गौरव गर्ने हिसाबले विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
तीन दिनसम्म चल्ने प्रतियोगिताअन्तर्गत आज भएको पहिलो चरणको पुरुषतर्फको खेलमा एपिएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीले पूर्वाञ्चलका सुरज चौधरी र नविन रिजाललाई पराजित गर्दैै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
यसैगरी आजै भएको दोस्रो खेलमा नेपाल आर्मीको ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको टिमले पूर्वाञ्चलका कुशल कार्की र गोविन्द पराजुलीको टिमलाई सोझो सेटले पराजित गरेर क्वार्टर फाईनलमा प्रवेश गरेको छ ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट तथा नेपालको पहिलो भलिबल कोच जापानी नागरिक सुन्जि यानागिता र अन्तर्राष्ट्रिय खेलाडी जयनारायण चौधरीलगायतले बोल्नुभएको थियो । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment