Sunday, November 15, 2015

पौने दुई लाख मूल्य बराबरको सामान बरामद

सुरुङ्गा (झापा), ३० कात्तिक । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको एक लाख ७३ हजार २७५ रुपैयाँ बराबरको सामान झापाको भद्रपुरबाट प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले भद्रपुर–७ स्थित गणेश मन्दिर र बलभद्र चौकबाट आइतबार उक्त सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । बरामद गरिएका सामग्रीमा लत्ताकपडा, किराना आइटमका सामानलगायत रहेका छन् । बरामद सामग्री आइतबार अपराह्न मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts