विराटनगर, १ मङ्सिर । मोरङमा छठ पर्वका वर्तालुहरुले धार्मिक विधिपूर्वक अस्ताउँदो भगवान सूर्यदेवलाई पहिलो अघ्र्य अर्पण गरेका छन् ।
यस पर्वको अवसरमा विराटनगरका हाटखोला, सिंग्याही खोलाका साथै कोसी नहरको डिलमा निर्माण गरिएका घाटहरुबाट वर्तालुले अघ्र्य अर्पण गरेका हुन् ।
वर्तालुहरुले नियमनिष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अघ्र्यको रुपमा अर्पण गर्ने नियम रहेको छ ।
भोलि उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवतरुपमा यो पर्व सम्पन्न हुन्छ ।
मधेसी, मारवाडी, राजवंशी, थारु, बङ्गाली समुदायसमेतले एकापसमा मिलेर सामाजिक सद्भावका साथ वर्षौदेखि यो पर्व मनाउँदै आएका छन् । रासस
No comments:
Post a Comment