Monday, November 2, 2015

विश्व क्रिकेट लिग च्याम्पियनका लागि खेलाडी छनोट

काठमाडौँ, १६ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) आज साँझ सार्वजनिक गरेको टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, सागर पुन, अनिलकुमार मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, महबुब आलम, सरद भेषवाकर, पृथु बाँस्कोटा, इशाद अहमद, नरेशबहादुर बुढाऐर र विक्रम सोब छन् ।

छनोट हुने विक्रम सोव र इशाद अहमद भने नयाँ अनुहार हुन् । त्यस्तै नरेश बुढाऐर र मेहबुब आलमले भने प्रतियोगितामा पुनरागमन गरेका छन् ।

संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने उक्त प्रतियोगिता यही कात्तिक ३० र मङ्सिर २ गते हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts