काठमाडौँ, १६ कात्तिक । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा स्विट्जरल्यान्डको जेनेभामा हुने मानवअधिकारसम्बन्धी समीक्षा बैठकमा भाग लिन १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
नेपालसहित विश्वका विभिन्न १९३ राष्ट्रको सहभागिता रहने उक्त बैठकमा परराष्ट्र मन्त्री थापा नेपालको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रस्थानअघि थापाले पत्रकारसँग कुरा गर्दै आजको वीरगन्जमा भएको घटनाका कारण सरकार र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्तामा कुनै असर नपर्ने बताउनुभयो । उहाँले अधैर्य नहुन र संयम अपनाउन सबैमा आग्रह पनि गर्नुभयो ।
सो बैठकमा मानवअधिकारको अद्यावधिक समीक्षा गरिनेछ । यही कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने बैठकमा नेपालको मानव अधिकारबारेमा पनि छलफल हुनेछ ।
परराष्ट्र मन्त्री थापा यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ । रासस
No comments:
Post a Comment