विराटनगर, २९ कात्तिक । चित्रगुप्तको मूर्ति सेलाउन पश्चिमी क्षेत्रस्थित केसलिया खोलामा गएका विराटनगर–९ स्थित आदर्श टोलका १७ वर्षीय साकेत कर्ण बेपत्ता भएका छन् ।
खोेलामा मूर्ति सेलाएर पौडी खेल्ने क्रममा पानीको भेलले बगेर कर्ण बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको घन्टौँ खोजतलास गर्दा समेत फेला पर्न नसकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी विराटनगर–९ स्थित ग्यालेक्सी पब्लिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत थिए । रासस
No comments:
Post a Comment